पूर्वाञ्चल खबर
छैठौं संस्करणको खुल्ला गजल प्रतियोगितामा १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै ढकाल प्रथम भएका हुन् । ढकालले ट्रफी, प्रमाणपत्रसहित नगद ५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । उनको ‘मरेका छन जनता अक्सर महंगीको मार’ ले बोलको गजल प्रथम भएको हो ।
गजल प्रतियोगितामा तेह्रथुमकी गजलकार लक्ष्मी आचार्यको गजल दोश्रो भयो । छिमेकीले फुर्ती लाउँछ समुन्द्रमा नुन भेटिन्छ’ बोलको गजल दोश्रो भएको थियो । उनले ट्रफी, प्रमाणपत्रसहित नगद ३ हजार रुपैयाँ पुरस्कार हात पारिन् । गजल प्रतियोगितामा हिमाशुं राय र लक्ष्मी रायमाझी तेश्रो भएका छन् । उनीहरुले जनही १ हजार ५ सय , प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
कार्यक्रमको निर्णायकमा साहित्यकार दिङलाली कान्छो र मधु पोखरेल रहेका छन् । देशभरबाट प्राप्त गजल मध्ये वाचनका लागि २० वटा छनौट गरिएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले बताए ।
७६ वटा गजलमध्येबाट उत्कृष्ट २० वटा गजल छनौट गरिएको थियो । कार्यक्रममां प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ठाकुरप्रसाद ज्ञवालीले साहित्यले समाजलाई डो¥याउने बताए । समाजलाई दिशानिर्देश गर्ने कार्यमा साहित्यले ठुलो भूमिका खेल्ने उनले बताए ।
ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) का केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेले मिडिया भित्रका समस्यालाई व्यवस्थित ढङ्गले उठाउन आवस्यक रहेकोमा जोड दिए । समस्यालाई व्यवस्थित ढङ्गले उठाउनका लागि उनले पत्रकार महासंघसँग आग्रह समेत गरे । एफएम रेडियोले आवाज विहिनको आवाज ल्याउने गरेको अध्यक्ष न्यौपानेको भनाई छ ।
प्राज्ञ विवश पोखरेलले गजल विधा विभिन्न संघर्षबाट भएको बताए । करिव १ सय ३५ वर्षको इतिहास बोकेको गजल विधाको छुट्टै पहिचान भएको उनले बताए । वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले सञ्चारको माध्यम फरक भईसकेको बताए । ‘समय अनुसार रेडियो पनि अव सुन्नेबाट हेर्ने हुनुपर्छ’ उनले भने ।
कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बोले ।
बार्षिकोत्सवको अवसरमा बरिष्ठ गायम रामा मण्डल र गजलकार कविराज पोखरेललाई सम्मानित गरिएको थियो । उनीहरुलाई डिआईजी ठाकुरप्रसाद ज्ञवाली, ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) का केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेले सम्मानित गरे ।