पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–५ का युवाले दिवगत भाउजुको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यन्य समाग्रि सहयोग गरेका छन् ।
विराटनगर–५ का युवा उमेश कटुवालले भाउजु मेनुकाको ४५ दिनको पुन्यतिथिको अवसर पारेर विराटनगरमा १० रहेको मानव सेवा आश्रमलाई खाद्यन्य सामाग्रि सहयोग गरेको हो । साथै आश्रममा रहेका वृद्ध तथा वृद्धाहरुलाई जाडोको लुगा ,फलफुल, विस्कुटलगायत करिव २० हजार मुल्य बराबारको खाद्यन्नका सामाग्री सहयोग गरेका हुन् ।