AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान फुटबलको उपाधि सिटी कलेजलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७६, शुक्रबार १७:२३
3
Shares
फुटबलको विजेता भए पछी सामुहिक तस्वीर खिचाउँदै सिटीका खेलाडिदगायत । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी कलेजले जितेको छ ।

सिटीले आज ९शुक्रबार० सम्पन्न भएको फाइनलमा कोशी मल्टीपल कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेल शुरु भएको ११ औं मिनेटमा कोशीका अविशेक श्रेष्ठले गोल गर्दै कोशीलाई पहिलो सफलता दिलाएका थिए । गोल खाएको चौथौ मिनेपछि सिटीका विमल राईले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

क्रिकेटको विजेता भए कोशी मल्टीपलका खेलाडिले सामुहिक तस्वीर खिचाउँदै ।

पहिलो आफ बराबरी खेलेको सिटीले ७१ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै सिटीको जित सुनिश्चित गरे । फाइनल खेलको म्यान अफ द फाइनल सिटीका विमल राई घोषित भए चने प्रतियोगिताको उत्कृष्ट खेलाडि कोशी क्याम्पसका प्रविन राई घोषित भए । प्रतियोगिताभर ५ गोल गर्दै सिटीका सन्तोष श्रेष्ठ हाइस्कोर घोषित भए । फुटबलको उपविजेता बनेको कोशीले क्रिकेट , भलिबलको छात्र तथा छात्रा दुवैतर्फको उपाधि जितेको छ ।

विजयी तथा अन्य खेलाडिहरुलाई प्रमुख अतिथि विराटनगर महानगरपाललिकाका प्रमुख भीा पराजुली, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्ड, केन्दीय महासचिव लोक भण्डारी, डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख महेश खत्री, हिसान मोरङका अध्यक्ष राजेश कार्की र वरिष्ठ उपाध्यक्ष अमित ढकाललगायतले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर