पूर्वाञ्चल खबर
विराटनगर / भ्रमण वर्ष २०२० लाई सफल बनाउँन सुनसरीको कोशी गाउँपालिकाले कोशी पर्यटन महोत्सवको आयोजना गर्न लागेको छ ।
माघ १९ गतेदेखि २९ गतेसम्म कोशी गाउँपालिका लाग्ने आज विराटनगरमा पत्रकार सम्मेलन गरि महोत्सव आयोजन गर्ने जनाएको छ । पर्यटकलाई आकर्षण गर्ने विभिन्न प्याकेजसहित गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गर्ने भएको हो । त्यहाँ आउने पर्यटकले हात्तीदेखि जंगल सफारी सम्मको यात्रा गर्न पाउने छ ।
गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ५० हजार भारतीय, तेस्रोमुलुकसहति आन्तरिक पर्यटक गरि एकलाख भित्र्याउने लक्ष्य राखेको जानकारी दिए । विश्व चरा महोत्सवको अवसर पारेर गर्न लागिएको पर्यटन महोत्सवलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माघ १९ गतेदेखि दशदिनसम्म चल्ने सो महोत्सवमा घुम्न आउने पर्यटकका लागि जंगल ड्राइभ, जल र हात्ती सफारीको आकर्षक सुविधा समेत उपलब्ध गराईने अध्यक्ष अन्सारीले बताए ।
अध्यक्ष अन्सारीले कोशी पर्यटन महोत्सवले नेपल भ्रमण वर्ष २०२०लाई सफल तुल्याउन महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएका छन् । उनले कोशी गाउँपालिका भारतीय सिमासंग नजिकै टासिँएको हुनाले भारतीय पर्यटकको बढी मात्रामा उपस्थिती रहने जानकारी दिए । कोशी कटान देखि १७ किलोमीटरको यात्रा गराए पश्चात जल सफरी गराउने हिसाबले कामा अगाडी बढाइएको जानकारी अध्यक्ष अन्सारीले दिए ।
हिन्दु र मुस्लिमको बाहुल्य क्षेत्र रहेको कोशी गाउँपालिकाको महोत्सवमा मैथिली झिझिया र जटाजटिन लोकभाकादेखि झाँगड, थारु, चण्डी र धान नाच, लाखे प्रर्दशनी तथा तामाङ सेलोसँगै गुरुङ र मगर सोरठीको प्रस्तुति समेत राखिने भएको छ । अध्यक्ष अन्सारीका अनुसार नेपाली संस्कृतिको अन्तरघुलन गराउनका लागि बहुजायित साँस्कृतिक कार्यक्रम राखिएको हो ।
महोत्सवमा खेलप्रेमीहरुलाई आकर्षित गर्नका लागि राष्ट्रिय कुस्ती प्रतियोगिता, महिला र पुरुष भलिवल प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।
कोशी गाउँपालिका क्षेत्रमा दैनिक दुईसय पर्यटकलाई सुविधा दिनसक्ने होटल तथा होमस्टे सञ्चालनमा रहेका छन् । निजी लगानी १३ करोडको लागतमा सुविधासम्पन्न रिसोर्ट निर्माणको काम समेत धमाधम भईरहेको छ ।