पूर्वाञ्चल खबर
काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय भेलाले रायमाझी सर्वसम्मत रुपमा केन्द्रीय सदस्य तथा सह–संयोजक भएका हुन् ।
लामो समयदेखि चलचित्र क्षेत्रमा लागेका रायमाझी स्थापित निर्देशक हुन् । उनले एक दर्जन बढी चलचित्रको निर्देशन गरेका छन् । मोफसलमा रहेर चलचित्र क्षेत्रमा लागि परेका उनले आदीवासी चलचित्रहरुमा निर्देशन गर्दै आएका छन् । उनल निर्देशन गरेको केही थारु चलचित्रहरु हिट रहेको छ । रायमाझीले निर्देशन गरेको थारु चलचित्र छल्की, हमर भाटुलगायतको हिट चलचित्र हो । चलचित्र संंघ नेपालको संयोजकमा दिनेश डिसी रहेका छन् ।