RUMPUM
animated ellipse animated ellipse

बाबुद्वारा सात वर्षीय छोरी बलत्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७६, बुधबार १६:३४
3
Shares

झापा / झापामा आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

झापाको कनकाई नगरपालिका–१ एक व्यक्तिले मादक पदार्थ सेवन गरी आफ्नैसात वर्षीया छोरीलाई करणी गरेको आरोपमा पहरीले पक्राउ गरेको हो ।
मादक पदार्थले लठ्ठ भई आफ्नै छोरी करणि गर्ने ३० वर्षीय बाबुलाई मैगलबारै हाडनाता करणी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । हजुरआमासमेत शारीरिकरूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । यता आफ्नै बाबुले बलत्कार गरेपछि सक्त घाईते बनेकी ती वालिकाको उपचारभैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर