AArya
RUMPUM
animated ellipse animated ellipse

फुटबलमा रेड स्टार र कान्तीपुर सेमीफाइनलमा, भलिबलको फाइनलमा कोशी र लर्डबुद्ध, बास्केटबलको उपाधि विकेभिएम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७६, मंगलवार २२:१३
3
Shares
बल अगाडि बढाउँदै मेरिल्याण्डका खेलाडि । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत मंगलबार भएको खेलमा फुटबलमा फुटबलमा रेड स्टार र कान्तीपुर सेमीफाइनलमा, भलिबलको फाइनलमा कोशी र लर्डबुद्ध कलेज प्रवेश गरेको छ भने बास्केटबलको उपाधि विकेभिएम जितेको छ ।

आज भएको फुटबलमा पथरीको रेड स्टार कलेजले विराटनगरको मेरिल्याण्डलाई १–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णय गोल डिम्पल लिम्बसले गरे । लिम्बु खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

दोस्रोे खेलमा कान्पिुर कलेजले अर्किड कलेजलाई पेनाल्टीसुट आउटमा ३– १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको नियर्ण पेनाल्टी सुटआटबाट भएको हो । खेलको म्यान अफ द म्याच कान्तीपुरका सुदिपकुमार चौधरी घोषित भए ।

आजै भएको बास्केटबलको उपाधि विकेभिएम कलेजले जितेको छ । उसले सुन्दरहरैचाको व्राइट प्mयुचरलाई ३६–३४ अंकले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलको म्याच अफ द फाइनल विकेभिएमका वरदान चालिसे घोषित भए । चालिसे म्यान अफ द सिरिज समेत घाषित भए ।

भलीबल छात्रातर्फ कोशी मल्टीपल कलेज र लर्डबुद्ध कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले मेरिल्याण्ड कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा लर्डबुद्ध कलेजले शिक्षादिप कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर