RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित प्रहरी जवान विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७६, सोमबार २१:०४
3
Shares

विराटनगर / भारतको जोगवनीबाट अवैध रुपमा ल्याउदै गरेको लागुऔषध सहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् ।

प्रहरीले धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरीलाई पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका बेला शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध फेला परेको थियो ।

उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए । कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर