RUMPUM
animated ellipse animated ellipse

प्रदेशसभाको अधिवेशन माघ २३ गते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७६, सोमबार २०:२१
3
Shares

विराटनगर / प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन माघ २३ गते ३ बजे गर्ने निर्णय गरेको छ ।

प्रदेश १ को मु्ख्यमन्त्री कार्यालय तथा मन्त्रीपरिषदको आज वसेको वैठकले आगामी हिउँदेश अधिवेशन माघ २३ वोलाउनका प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ई्रन्द्रवहादुर आङवोले जानकारी दिए ।

यसैगरी मुख्यमन्त्री निर्वाचित भएको दुई वर्ष पुग्नलाग्दा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा डा.महेन्द्र गुरुङ र सूचनाप्रबिधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गरेको हो ।
मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त बस्नेत नेकपा प्रदेश कमिटि सदस्य हुन् । यसैगरी आर्थिक सल्लाहकार नियुक्त गुरुङ पूर्वसहसचिब हुन् । बैठकले प्रदेश लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.सरोज कोइरालालाई नियुक्त गरेको मन्त्री आङ्बोले जानकारी दिए ।

वैठकले प्रादेशिक औद्योगिक व्यवसाय बिधेयक, प्रदेश बन बिधेयक, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रदेशसभामा पेश गर्न बैठकले अनुमति दिएको छ । सोमबारको बैठकले विभिन्न २४ वटा निर्णय गरेको बताइएको छ ।

यस्तै वैठकले सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रण युक्त प्रदेश बनाउने मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय लगायत सातै वटा मन्त्रालयको एक सय मिटर वरिपरि निशेष गर्नुका साथै प्रदेशभरि नियमन, नियन्त्रण तथा निषेध गर्ने लगायतका २४ वटा निर्णय भएको मन्त्री आङबोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर