AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका २० वटा कलेज र विद्यालयमा कचहरी नाटक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७६, शुक्रबार २०:२६
3
Shares

विराटनगर / रोटरी क्लब अफ विराटनगर फ्युजनले विराटनगर क्षेत्रका २० वटा विद्यालय र कलेजका विद्यार्थीलाई सचेतनामूलक कचहरी नाटक देखाएको छ ।

विराट आदर्श साहित्य मञ्चको प्रस्तुतिमा विराटनगरका विभिन्न कलेज र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आत्महत्याविरद्ध सचेतनामूलक नाटक देखाएको फ्युजनका अध्यक्ष युनेशराज श्रेष्ठले जानकारी दिए ।

युवाहरूले अरुको लहैलहैमा लागेर गलत निर्णय नगरुन् र सत्मार्गमा लागुन् भनेर नाटक दखाएको उनको भनाइ छ । उनका अनुसार कान्तिपुर कलेज, शिक्षादीप कलेज, सास्थम कलेज, अरनिको कलेज, मार्टस स्कूल, स्टार स्कूल, लर्डबुद्ध कलेज, ओडिसी स्कूल, कान्तिपुर शिक्षा निकेतन, सिर्जना ज्ञानकुञ्ज, जेम्स स्कूल, लिलीपुट प्रिमियर, अन्नपूर्ण एकेडेमी, भानु कलेज, सेन्टजोसेफ कलेज, होलिल्याण्ड स्कूल, कोबास स्कूल, लर्डबुद्ध स्कुललगायतमा अध्ययन गर्ने १० हजारभन्दा बढी विद्यार्थीले नाटक हेरेका थिए ।

नाटकले नेपालमा बढ्दो आत्महत्या रोकथाम र विद्यार्थीमा आत्मविश्वास बढाउने उनको भनाइ छ । नाटकमा मञ्चमा आबद्ध विद्यार्थी कलाकारहरूले अभिनय गरेको अध्यक्ष कट्वाल दीपकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर