RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ वाट राष्ट्रिय सभामा नेकपाका तीनै उम्मेवार विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०७६, बिहीबार २२:४९
3
Shares
विराटनगर / प्रदेश १ बाट राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा नेकपाका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् ।

विहिबार सम्पन्न भएको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा महिलातर्फ नेकपाकी इन्दिरा गौतमले छ हजार ४ सस २६ मतभार , दलिततर्फ नेकपाकै गोपी आछामीले ६ हजार ३ सय ३० मतभार र अन्य तर्फ पनि नेकपाकै देवेन्द्र दाहालले ६ हजार २ सय ३४ मतभार ल्याइ विजयी भएको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए ।

उक्त निर्वाचनमा नेपाली काङ्ेसकातर्फवाट महिलामा मीना पुलामीले दुई हजार ६ सय २२ मतभार, दलितमा काङ्ेसकै निरवहादुर विश्वकर्माले २ हजार ७ सय १८ मतभार र अन्यमा पनि काङ्ेसकै राजेन्द्र घिमिरेले २ हजार ७ ६६ मतभार प्राप्त गरेका थिए ।

यसैगरी सङ्घीय समाजवादी पार्टीकातर्फवाट महिलातर्फ कमला वढहीले २ सय ६४ मतभार, दलितमा ज्ञानकुमार परियारले २ सय ६४ मतभार र र अन्यमा भरत दाहालले २ सय ६४ मतभारत प्राप्त गरे ।

प्रदेश सभा सदस्यहरु ९३ मध्ये ९२ तथा स्थानीय निकयका २ सय ७४ मध्ये २ सय ७२ सदस्यहरुले मतदान गरेको निर्वाचन अधिकृत अधिकारीले बताए ।
प्रदेश सभा सदस्यहरुले ९९ प्रतिशत तथा स्थानीय निकायतर्फ ९८ प्रतिशतले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर