पूर्वाञ्चल खबर
झापा / झापा अर्जुनधारा ११ का २४ बर्षीय आशिष बस्नेत लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन ।
विर्तामोड बुट्टाबारी चौकस्थितबाट बस्नेतलाई ९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ।