पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव आज विहान सिंघिय खोलामा फेला परेको छ ।
आज विहान खोलामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । खोलाको पानी भित्र डुबेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।
कपडा र जुत्ता लगाएको अवस्थामा मृत भेटिएका घिमिरेको साथमा पैसा राख्ने पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको प्रहरीले बताएको छ । घिमिरे हिजो साँझ बजारका लागि निस्कीए पछि घर नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए ।