पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर –९ मा रहेको एम्स कलेजले सदाका वर्ष झैं “अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर” प्रतियोगिता गर्ने भएको छ ।
कलेजले विवएिस र विएचएम संकायका नव आगन्तुक विद्यार्थीहरु माझ प्रतिभाको खोजी गर्न गरिने यो प्रतियोगिता यस वर्ष पाँचौ सिजनमा रुपमा आयोजना हुँदैछ । विद्यार्थीमा भएको अन्तर्निहित क्षमताको प्रस्फुटन गराउने र उनीहरुको नेतृत्वको विकाश गराउने मिस्टर एण्ड मिस फ्रेसरको आयोजना गरिुएको कलेजका क्याम्पस प्रमुख सिएम बस्नेतले बताए । कलेजमा स्थापित विद्यार्थी क्लबले आयोजना गर्ने मिस्टर एण्ड मिस फ्रेसरमा विद्यार्थीहरुले धेरै कुरा सिक्ने क्याम्पस प्रमुख बस्नेतले बताए ।
कार्यक्रममा बोल्दै विविएस तेस्रो बर्षमा अध्ययनरत २०१८ कि मिस फ्रेसर विजया नेपालले कलेजले आफूलाई अघि बढ्न धेरै ठूलो मौका दिएको र यस्तो अवसर कसैले गुमाउन नहुने बताईन् । फ्रेसर नेपालले एम्स कलेज अध्ययन गर्न थाले पछि आफुमा धेरै कुरामा फरक पाएको बताइन् । कलेजले प्रदान गरेको वातापरणको प्रशंसा गर्दै नेपालले भनिन् “ एम्सले पाठ्यपुस्तक मात्र होइन, जीवन पढायो ।”
कार्यक्रमका विविध सेग्मेन्ट अन्तर्गत अडिसन, परिचय र इम्प्रोम्टु राउण्ड सकिएका छन् । विविध कार्यक्रममा निर्णायकका भूमिका अभिषेक गौतम, विजया नेपाल, रवि गुप्ता, रेश्मा राजवंशी, प्रयास केसी र रञ्जना बस्नेतले गरे ।
प्रतियोगितामा १४ छात्रा र २२ छात्र छन् । अब बाँकी रहेका लोजिकल राउण्ड, ट्यालेण्ट सो र वल्र्ड क्लास डिबेटमा छानिएका १० छात्रा र १० छात्र फाइनलमा पुग्नेछन् । विजेता प्रेससरलाई ६०,००० पुरस्कार दिइने प्रमुख बस्नेतले बताए ।