पूर्वाञ्चल खबर
पोखरा/ विश्वकै होचा व्यक्तिको रूपमा कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापा मगरको निधन भएको छ ।
खगेन्द्रको आज दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरको आज दिउँसो ३ बजे निधन भएको हो ।
थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए । बाग्लुङ धुल्लुवासकोट ६ का मगरलाई २०४९ साल असोज १८ गते जन्मिँदा छ सय ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो ।