विनोद राईको ‘यो खुशी…’ सार्वजानिक(भिडियो सहित)

खबर पूर्वाञ्चल, २८ पुष २०७६, सोमबार १९:४५

विनोद राईको स्वरमा रहेको आधुनिक गीत ‘यो खुशी …’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

देव गुरुङको संगीत, युगल लङ्फुङ्वाको रचना र सचिन सिंहको एरेन्ज रहेको सो गीतलाई मित्र लामाले रेकडिङ÷मिक्सिङ गरेका हुन् । पूर्वको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा प्रष्टसंग उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।

लिंक

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५