RUMPUM
animated ellipse animated ellipse

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण निर्वाह गर्नु पर्छ– प्रदेश प्रमुख प्यासी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०७६, सोमबार १९:०८
9
Shares

विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण निर्वाह गर्नु पर्ने बताएका छन् ।

आज विराटनगरमा आयोगले आर्थिक वर्ष २०७५–७६ को २९ औँ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रदेश प्रमुख प्यासीले असहज परिस्थितमा सहजता पूर्वक मुलुकका प्रत्येक क्षेत्रका हुने भ्रष्टाचारको अन्त्य गर्ने कार्य गरिरहको र यसमा अझ सफलता प्राप्त गर्ने शुभकामना समेत दिए ।

प्रदेश प्रमुख प्यासीले भ्रष्टाचार नियन्त्रणवाट जनतालाई सुशासनको अनुभूति हुनसक्ने भएकोले यसतर्फ अख्तियार विशेष क्रियाशिल रहनु पर्ने बताए । उनले शुसासन कायम गर्ने उद्देश्यले कार्यरत यो संस्थाले घर, धम्कीको कुनै परवाह नगरी आफ्नो लक्षित कार्यमा उत्साहका साथ कारवाहीलाई आगाडि वढाउनु पर्नेमा जोड दिए ।

आयोग भित्र भएको भ्रष्टाचारी माथि कारवाहीको गरेको स्मरण गर्दै प्रदेश प्रमुख प्यासीले अनुसन्धानमा सानो भएर भित्र छिर्ने र शाक्तिशाली भएर निस्किएर कार्य गरेमा जनताले शक्तिशाली भएको गौरव गर्न पाउने बताए । अख्तियारको तीन खम्बे नीतिलाई आत्मसाथ गर्दै आयोगले नतर्सी, नडराइ, सतर्कताका साथ अघि बढनुपर्नेमा उनले जोड दिए ।

अख्यितारले बुझाएको वार्षिक प्रतिवेदन अध्ययन गरिसकेपछि प्रदेश प्रमुख प्यासीले प्रदेश सभामा उक्त वार्षिक प्रतिवेदन पठाउने प्रदेश १ का प्रमुखको कार्यालयका सचिव गोपि घिमिरेले बताए ।

प्रतिवेदन प्रस्तुत गर्दै अख्तियारको सहसचिब रविलाल पन्थले आयोग पाँच वर्षे संस्थागत रणनीतिक योजना बनाएर अगाडी बढेको बताए । भ्रष्टचारमुक्त र सदाचारयुक्त समाज निर्माणको आयोगले दुरष्टि राखेको उनले बताए । राष्ट्रिय विकास र सार्वजानिक सेवामा जनताको सरल सहज पहुँच हुने गरी भ्रष्टचार न्यीनकरण गर्ने आयोगले आफ्नो रणनििीतक योजना बनाएको उनको भनाई थियो ।

आयोगको इटहरीले कार्यालय आर्थिक वर्ष २०७५–७६ मा दुई हजार १ सय २९ मुद्दा दर्ता भएकोमा ९ सय २१ वटा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर