RUMPUM
animated ellipse animated ellipse

नोना कोइराला प्रतिष्ठानद्वारा न्यानो कपडा वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७६, आईतवार २०:३७
3
Shares

विराटनगर / नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरको शिक्षा सदन माविका दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

प्रतिष्ठानले विद्यालय परिसरमा आज एक कार्यक्रम आयोजना गरी कक्षा ५ सम्मका दुई सय जना विद्यार्थीलाई स्वेटर, टोपीसहितका न्यानो कपडा वितरण गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरे । भने,‘‘प्रतिष्ठानले धेरै ठूलो नभएपनि विद्यार्थीका लागि सानो सहयोग गरेको हो ।’’ कोइरालाले जाडोको समयमा विपन्न परिवारका नानीहरुलाई विद्यालय आउन नै कठिन हुने महसुस गरी सहयोग गरिएको बताए ।

कार्यक्रममा प्रदेश १ का कांग्रेस प्रमुख सचेतक केदार कार्की, कांग्रेस क्षेत्रीय सभापति जितेन्द्र गोल्छालगायत नेता सहभागी थिए । विराटनगर ५ मा अवस्थित शिक्षा सदन माविमा शौचालयसहितका भौतिक पूर्वाधारको कमी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर