पूर्वाञ्चल खबर
सुनसरीको सीतागञ्जस्तित एभरेष्ट साइन्स सेन्टरमा संघकमो वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले गरे । वार्षिकोत्सवलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लामाले मुलुकको राजस्वमा मदिरा व्यवसायको योगदान महत्वपूर्ण रहेको बताए । उनले मदिरा व्यवसायलाई नकारात्मक रुपमा हेर्ने गरेको आरोपसमेत लगाए ।
मदिरा व्यवसायले राजस्वमा महत्वपूर्ण योगदान पु¥याए पनि राज्यले व्यवसायीलाई प्रोत्साहित गर्ने काम नगरेको अध्यक्ष लामाले बताए । स्थानीय सरकारले राजस्व वृद्धि गर्दा व्यवसायीहरू पलायन हुनुपर्ने अवस्थामा पुगेको समेत उहाँले दुखेसो पोख्नुभयो । कार्यक्रममा संघका मोरङ अध्यक्ष अंशु बन्जाराले मदिरा व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा उहाँले जोड दिए ।
संघका उपाध्यक्ष विनोद केसीले मदिरा व्यवसायीले राजस्वसँगै रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पु¥याएको दाबी गर्नुभयो । वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको संघका रुद्रप्रसाद कोइरालाले जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा संघले वनभोजको समेत आयोजना गरेको थियो