पूर्वाञ्चल खबर
विराटनगर / अम्बे मुरारी सेवा केन्द्र ८ ले हाटखोला स्थित श्रीसुशिक्षा आधारभुट विधालयमा चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।
स्कूलमा अध्ययनरत कक्षा ५ देखि ८ का विद्यार्थीहरु बीच चित्रकला प्रतियोगिता गराइएको थियो ।कक्षा ७ का सगुन राजवंशी प्रथम भएका थिए भने कक्षा ८ का विष्णु निरौला दोस्रो तथा कक्षा ८ की एलिना दास तेस्रो भए । उनीहरुलाई प्रमुख अतिथि स्कूल ब्यवस्थापन समितिका अध्यक्ष पिताम्वर दाहालले पुरस्कृत गरेका थिए।