CLASSICTECH NET

होलिल्याण्डमा दुईदिने स्पोर्टस् मिट

खबर पूर्वाञ्चल, २५ पुष २०७६, शुक्रबार १६:०७

विराटनगर/ विराटनगरस्थित होलील्याण्ड बोर्डिङ स्कूलले दुईदिने स्पोर्टस् मिट सम्पन्न गरेको छ ।

स्पोर्टस् मिटमा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रम अन्तर्गत क्रिकेट, १ सय मिटर दौड, कबड्डी, चक्लेट रेस, म्याच रेस, बेलुन ब्लाष्ट, म्युजिकल चियर, हट पोटेटो, कक फाइटिङलगायतका खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । हिजो र आज भएको प्रतियोगिताका विजेता विद्यार्थीलाई कवि एवं पत्रकार मीनकुमार नवोदित, विद्यालयका अध्यक्ष डा. टुनराज भट्टराई र प्राचार्य उज्वल गौतम मेडल र पुरस्कार प्रदान गरेका थिए ।

यस्तै सो अवसरमा गत वर्षको कक्षागत परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई समेत पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयले विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि अध्ययनसँगै समय–समयमा कविता, वक्तृत्व, वादविवादलगायतका अतिरिक्त क्रियाकलाप गर्दै आएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५