RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७६, शुक्रबार १६:०१
3
Shares

धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे(फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

आज भएको मोटरसाईकल दुर्घटनामा स्थानीय ३० बर्षिय टेकबहादुर लिम्बुलाई खोल्सीमा टाउको ढुङ्गाले ठोकिएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछी प्रहरीलाई खबर गरेका थिए । हिजो राती बजारबाट घर तर्फ जाने क्रममा को.२८ प. ८०५२ नंबरको मोटरसाईकलमा सवार उनी सडक बाट अंदाजी २/३ मिटर तल झर्दा उनको मृत्यु भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

कानूनी प्रकृया तथा थप अनुसन्धानकोलागी ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरीको टोली खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर