पूर्वाञ्चल खबर
तीन तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले कृषि गणना हुने भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक बन्द्री कुमार कार्कीले जानकारी दिए । तथ्यांङ कार्यालयले आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना गर्ने भएको छ ।
राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि कृषि गणना सुरु हुने केन्द्रीय तथ्यांक विभागका निर्देशक कार्कीले बताए । तथ्यांङ विभागले विराटनगरमा मंगलबार आगमी राष्ट्रिय कृषिगणना २०७८ मा समेटिने विषयबस्तु सम्बन्धमा सरोकारवालाहरूसँग आयोजना गरिएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
विभागका निर्देशक कार्कीका अनुसार नयाँ संघिय संरचना अनुसार आवश्यक पर्ने कृषि तथ्याङ्कको प्रभाव गर्ने समयानुकुल विषयवस्तु समेटने बताए । यस पटकको कृषि गणनामा महिलाको नाामा रहेको जग्गा, कृषि वीमा तथा अनुदान, कृषिमा जलबायु परिवर्तनले पु¥याउने असर, बाली अवशेष तथा कृषि कार्यालयबाट सृजित फोहरको व्यवस्थापन, कृषि बनको अभ्यास, हरितगृह कृषि खेती प्रणालीको अभ्यास, सरकारी सेवा सुविधामा कृषकको पहुँचलगायतको विषयहरू पनि समेटने भएको छ । अन्तरक्रियाबाट सरोकारवालाहरुबाट आएको सुझावलाई मनन गर्दै कृषिगणनामा प्रश्नवाली पनि संशोधन गरिने विभागका निर्देशक कार्कीले बताए ।