पूर्वाञ्चल खबर
मेयर कोइरालाले भने, ‘समृद्ध विराटनगर हाम्रो साझा सपना हो । यसकालागि देशभित्र मात्र होइन, बाहिर रहेका प्रत्येक नेपालीको योगदान अपरिहार्य छ । प्रवासमा बसेका नेपालीहरूको अनुभव, सीप र लगानी नै विराटनगरलाई नयाँदिशामा अघि बढाउने शक्तिहो ।’
उनले विराटनगरलाई कोशी प्रदेशको मात्र होइन, समग्र देशकै आर्थिक केन्द्रको रूपमा उभ्याउन महानगरपालिकाले विभिन्न विकास कार्यक्रम अघि सारेको उल्लेख गरे । मेयर कोइरालाले स्वास्थ्य, शिक्षा, उद्योग–व्यापार, सफाइ र पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै त्यसकालागि सहकार्य र साझेदारी आवश्यक रहेको प्रष्ट पारे ।
अस्ट्रेलियामा बसेका नेपाली उद्यमी व्यवसायी तथा रोजगारी गरिरहेका व्यक्ति व्यक्तिहरूलाई महानगरमा प्रत्यक्ष लगानी तथा सहकार्यका लागि आमन्त्रण गर्दै उनले भने, “अबहाम्रो शहरलाई आधुनिक पूर्वाधारयुक्त, लगानी मैत्री र जीवनस्तर उच्च बनाउन तपाईँहरूको साथ अनिवार्य छ । विराटनगरलाई हामीले कोशी प्रदेश मात्र होइन, दक्षिण एसियाको एक अग्रणी सहरको रूपमा चिनाउन सक्नेछौँ ।’
कार्यक्रममा उपस्थित गैरआवासीय नेपालीहरूले विराटनगरलाई स्मार्ट सहर बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।