खबर पूर्वाञ्चल
निःशुल्क स्वास्थ्य शिविरसहित सांस्कृतिक कार्यक्रम गरी मायाघर नेपाललाई सहयोग तथा सरसफाई कार्यक्रम गर्दै आएको फाउन्डेसनले हाँसपोसमै पुगेर वृृद्धवृद्धालाई टोपी, ओड्नेलगायतका न्यानो कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष राम निरौलाले जानकारी दिए । २५ जनालाई न्यानो कपडा वितरण गरिएको उनको भनाइ छ ।
निरौलाले आगामी दिनमा पनि यसरी नै समाजसेवामा लागि रहने बताए । इटहरीका रहेर समाजसेवामा सक्रिय निरौलाले विभिन्न सामाजिक कार्य गरिरहेका छन् ।
कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष दीपेन्द्र बजगाईं, सचिव रमेश खड्का, रिवाज आचार्य, अशोक धमला, लक्ष्मण दाहाल, सागर काफ्ले, रुविना थापा, अंजिला निरौलालगायतको न्यानो कपडा वितरण गरेका थिए ।