RUMPUM
animated ellipse animated ellipse

सिंघिया पुल तत्काल मर्मत गर्न इन्जिनियरलाई मन्त्री घिमिरेको अनुरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७६, सोमबार २०:३४
3
Shares

विराटनगर / विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली सडक खण्डमा रहेको सिंघिया पुलमा परेको प्वाल टाल्न सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक डिभिजन कार्यालय विराटनगरका प्रमुखलाई मन्त्रालयमा बोलाएर अनुरोध पत्र थमाएका छन् ।
आज डिभिजन कार्यालयका निमित्त प्रमुख इन्जिनियर नितेश झालाई कार्यकक्षामा बोलाएर सिंघिया खोलाको पुल मर्मतको लागि सहयोग गर्न मन्त्री घिमिरेले अनुरोध गरेका हुन् ।

पक्की पुलको बिच भागमा प्वाल परी नियमित आवागमनमा समस्या परेको तथा पुलमा प्वाल परेको उक्त भाग तत्काल मर्मत सम्भार नगरे भौतिक तथा मानवीय ठुलो दुर्घटना हुने सम्भावना रहेकोले उक्त पुलको समस्या ग्रस्त क्षेत्र तत्काल मर्मत गरी उचित ब्यवस्थापन गर्न भनिएको मन्त्री घिमिरेले बताए ।
ब्यस्त सडकको पुल रहेकोले तत्काल त्यसको मर्मत नगरिए दुर्घटना बढ्ने भएकाले दुर्घटना न्युनिकरणको लागि ईन्जीनियरसँग परामर्श गरेर मर्मत सम्भारको लागि काम अघि बढाउन भनिएको मन्त्री घिमिरेको भनाई छ ।
मन्त्री घिमिरेसँगको भेटमा कार्यालय निमित्तप्रमुख इन्जिनियर झाले भोलीदेखि नै काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर