AArya
RUMPUM
animated ellipse animated ellipse

१२ फरार प्रतिवादीलाई पक्राउ गरेर अदालत बुझाइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ पुष २०७६, सोमबार १९:५१
3
Shares
विराटनगर / मोरङ अदालतले विभिन्न अपराधिक घटनामा अपराधी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाए पनि फरार रहेका १२ जना प्रतिवादीलाई मोरङबाट पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय पथरीले बुधबारदेखि शनिबार रातिसम्ममा पक्राउ गर्दै उनीहरुलाई आइतबार अदालतमा बुझाएको हो । पथरीका डीएसपी दिलिप गिरीले बहुविवाह, सवारी ज्यान, चोरी, लागुऔषध समेतका मुद्दामा दोषी ठहर भए पनि लामो समयदेखि फरार रहेकाहरुलाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा बहुविवाह मुद्दामा फरार रहेका पथरीशनिश्चरे ८ का ४५ वर्षीय चन्द्रबहादुर लुइँटेल, पथरीशनिश्चरे १० का ३५ वर्षीय बालकृष्ण श्रेष्ठ, ३० वर्षीय अर्जुन राई, ३२ वर्षीय नरमाया तामाङ, लागुऔषध मुद्दाका पथरीशनिश्चरे ८ का ६० वर्षीय लालबहादुर राई र पथरीशनिश्चरे ६ का ३५ वर्षीय बज्रमोहन यादव रहेका छन् । त्यस्तै सवारी ज्यान मुद्दाका पथरीशनिश्चरे –६ का ३४ वर्षीय बले मुसहर, ५० वर्षीय गोपाल लुइँटेल, ४४ वर्षीय राजकुमार धिमाल, पथरीशनिश्चरे ८ का ४५ वर्षीय सोभित भुजेल, कानेपोखरी २ का ३५ वर्षीय फणिन्द्रबहादुर लिम्बू र चोरी मुद्धामा फरार पथरीशनिश्चरे ५ की ५५ वर्षीय मीना खड्कालाई पनि पक्राउ गरिएको डीएपपी गिरीले बताए ।

जिल्ला अदालत मोरङले चन्द्रबहादुरलाई २०७५ साल माघ २ गते एक वर्ष कैद र १० हजार जरिवाना, बालकृष्णलाई २०७५ जेठ ३१ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना, अर्जुन र उनकी कान्छी श्रीमती नरमायालाई जनही एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । गत जेठ १४ गते लालबहादुरलाई १० महिना कैद र बज्रमोहनलाई छ महिना कैद तथा दुई हजार रुपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको थियो ।

अदालतले बलेलाई २०७१ असार ११ गते एक महिना कैद र दुई हजार जरिवाना, गोपाललाई २०६९ भदौ १४ गते दुई हजार जरिवाना, सोभितलाई २०७५ जेठ १५ गते तीन महिना कैद, राजकुमारलाई दुई हजार जरिवाना र फणिन्द्रलाई २०७३ चैत १४ गते १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

चोरी मुद्दामा मीनालाई २०७० साल माघ २० गते अदालतले १५ दिन कैद र ४५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भएकालाई कैद भुक्तानका लागि कारागार चलान गरेको छ भने जरिवानाको फैसला सुनाइएकालाई त्यस वापतको रकम तिराएर छाडिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर