CLASSICTECH NET

कानून निर्माणमा प्रदेश सरकारले स्थानीय तहसंग छलफल र सहकार्य गर्ने : मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, २१ पुष २०७६, सोमबार १९:४६

विराटनगर / तीन तहका सरकारले संवैधानिक मर्म अनुसार अधिकारको प्रयोग गर्नु पर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज विराटनगरमा नेपाल नगरपालिका संघले आयोजना गरेको प्रदेश स्तरीय अन्तर सरकार सम्वाद कार्यक्रममा सङ्घीयताको सफल कार्यान्वयनमा साझा अधिकारको प्रयोग सम्वन्धी कानून छिटो वनाउने सम्वन्धमा सङ्घीय सरकारको ध्यानाकर्षण गराएको मुख्यमन्त्री राईले जानकारी दिए ।

हामीले कानून निर्माणमा संवेदनशील हुनु पर्नेमा जोड दिदै मुख्यमन्त्री राईले प्रदेश सरकारले बनाएको स्थानीय निकाय सेवा सुविधा सम्वन्धी ऐन यसका उद्हारण रहेको बताए ।उनले स्थानीय तहले कानून निर्माण , कार्यान्वयन र जनतामा नजिता पस्कनु पर्नेमा जोड दिदै आगामी दिनमा प्रदेश सरकारले कानून निर्माणमा स्थानीय तहसंग छलफल र सहकार्य गर्ने वचन वद्धता व्यक्त गरे ।
विना सम्वाद र छलफल कानून वनिरहेको अवस्थामा यसवाट संङ्घीयताको सफल कार्यान्वयनमा जटिलता आउने सम्भावना रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले सम्वाद कार्यक्रमले कानून निर्माणमा रहेको समस्या समाधानमा सहयोग पुग्ने विश्वास रहेको बताए ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले संविधानवाट निर्दिष्ट अधिकार कतैवाट कटौती हुनुहुदैन भन्दै स्वास्थ्य, माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई भएको बताए ।

प्रदेश र स्थानीय तहलाई आफ्नो क्षेत्रमा अधिकार प्राप्त गर्न कठिनाई भएको वुझेको बताउदै उनले प्रदेश सभाले विनियोजन गरेको विकास वजेटमा राजनीतिवाट माथि उठेर कार्य गर्नुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताको सरकार स्थानीय निकाय भएको बताउदै यसको सफल सञ्चालनवाट प्रदेश सरकारको सफलता जोडिएको बताए । प्रदेशमा हालै भएको सात आन्तरिक मन्त्रीहरुको भेलाले जनतालाई बलियो वनाउन स्थानीय तहलाई वलियो वनाउनु पर्ने निश्कर्ष निकालेको स्मरण गर्दै मन्त्री कार्कीले जनतालाई सहज सेवा उपलव्ध गराउन १४ जिल्लामा मुख्यमन्त्री सेवा कार्यालय सञ्चालनमा ल्याउने जानकारी दिए ।

नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोक ब्याञ्जूले संविधान नाघेर कानून वनाउँदा स्थानीय अधिकार हनन् हुनुका साथै विकासको लक्ष्य, सङ्घीयता सफल कार्यान्वयनमा जनताले प्रश्न उठाउने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संघ, प्रदेश र स्थानीय निकायको वीच आपसी समन्वयवाट दीगो विकासको लक्ष्य पुरा हुने बताए ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५