AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश आम सञ्चार विधेयकको विरोधमा कोशी प्रदेशका पत्रकारको धर्ना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०८२, बिहीबार १६:०३
36
Shares
विराटनगर / कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार समबन्धी व्यवस्था गर्न बनेको विधेयकका कतिपय प्रावधान सच्याउन माग गर्दै आज कोशी प्रदेशका पत्रकारहरुले धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा भएको आन्दोलनमा प्रदेशस्तरमा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि रोडेशषमा पत्रकारहरुले धर्ना दिए । प्रदेशका अन्य १३ जिल्लामै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको पत्रकार महासंघ प्रदेशले जनाएको छ ।

नेपाल पत्रकार महासंघलगायतले दिएको सुझाव विपरीत प्रदेशको न्याय, प्रशासन तथा विधायन समितिले अझै कडाइ गर्ने प्रावधानसहितको प्रतिवेदन कोशी प्रदेश सभामा पेश गरेको छ । सो विधेयकलाई भदौ १३ गते बस्ने भनिएको प्रदेशसभा बैठकबाट पारित गर्ने तयारी गरेपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।

विराटनगरको रोडशेषमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले विधेयक नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । यसअघि पनि नेपाल पत्रकार महासंघ केन्द्र, पत्रकार महासंघ कोशी, संसदीय पत्रकार मञ्च कोशीलगायत पत्रकारसँग सरोकार राख्ने प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाललगायतले विरोध गर्दैै विज्ञप्ति निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर