RUMPUM
animated ellipse animated ellipse

पेस्तोल र गोली सहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७६, शुक्रबार १५:१९
3
Shares

सुनसरी / सुनसरीको ईटहरीबाट पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ परेका छन् ।

अबैध हातहतियारको ओसार पसार भईरहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका ८ कदम टोलबाट हतियारसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगरपालिका ४ का ३३ वर्षीय जागिर खानर सुनसरीको हरीनगरा गाउँपालिका ७ का ४७ वर्षीय जमिल अंसारी रहेका छन् । को ९ प ७४८६ नम्बरको मोटरसाईकलमा सवार रहेका दुवैजनालाई नियन्त्रणमा लिई शरिर खान तलासी गर्दा उनीहरुको साथबाट म्यागजिनसहितको १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ।

हतियार र गोलीसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर