AArya
RUMPUM
animated ellipse animated ellipse

वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपूर्ण हो– डा. कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७६, सोमबार १५:०५
3
Shares

विराटनगर / नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याएर सहमतीको आधारमा महाधिवेशनको मिति घोषणा हुुनुपर्ने वताएका छन् ।

आव विराटनगरमा पेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापती शेरबहादुर देउवा अघि वढन खोजेको आरोप लगाए ।

डा. कोइरालाले महाधिवेशको मिति लमव्याउने भन्दापनि सवैको सहमतीमा आगामी मंसिरमा महाधिवेशन हुनुपर्छ त्यसकालगी पार्टी सभापति देउवाले सहमती कायम गर्नु पर्ने वताए । कार्यतालिक परिवर्तन गरेर सभापतीले महाधिवेशनका लागी उपयुक्त वातावरण वनाउनु पर्नेमा उनले जोड दिए ।

डा. कोइरालाले नेपाली कांग्रेसको इतिहासमा वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा कहिले नभएको भन्दै यस्तो अवस्थामा घोषित मितिमा महाधिवेशन हुने संभावना न्युन रहेको वताए ।

आफुले पार्टी सभापतिको विरोध नगरेको बताउँदै डा. कोइरालाले हामी सवै एउटै पार्टीमा भएकाले पार्टीमा मिलेर जानु पर्ने बताए । डा. कोइरालाले पार्टीलाई एक ढिका नवनाएसम्म आफुले राजनितिक विश्राम नलिने समेत घोषण गरे । डा. कोइरालाले सरकारी जग्गा यति होल्डरलाई एकलौटि रुपमा दिनु संस्थागत भ्रष्टाचार भएको आरोप समेत लगाए । सरकार जग्गा लिजमा दिदा पारदर्शी रुपमा टेन्डर आव्हान गरेर दिनु पर्ने उनको भनाई थियो । सरकारले जनचाहना अनुसार कामगर्न नसकेको आरोप लगाउँदै डा. कोइरालाले दुई तिहाईको वलियो सरकार हुँदा पनि सभामुखको चयन गर्न नसक्दा संदन अवरुद्ध भएको बताए ।

मुलुकमा भ्रष्टाचार महँगी वढेको भन्दै जनतालाई केन्द्र विन्दुमा राखेर सुशासन कायम गर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उनको भनाई थियो । डा. कोइरालाले राजधानी र प्रदेशको नामाकंनका विषयमा प्रदेश सरकाले गर्नुपर्ने निर्णय नेकपा र सरकारले गर्नुले पनि वर्तमान सरकार एकलौटी साशन व्यवस्थमा जान खोजेको प्रष्ट रहेको बताए ।

नेपाली जनतालाई मात्र होइन अहिले आफुलाई पनि सरकार छ छैन भन्ने भान भइरहेको बताउँदै डा. कोइरालाले सरकारको उपस्थित नभएको भान जनतालाई परिरहेको बताए । उनले हरेका विषयमा राष्ट्रपतिले राजनितिक सक्रियता वढाउनुभयो उपयुक्त नभएको वताए । डा. कोइरालाले राष्ट्रपति भनेको संवैधानिक भएकाले राष्ट्रपतिले आफनो गरिमामा ध्यान दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर