शीतलहरका कारण प्रदेश २ को जनजीवन प्रभावित

खबर पूर्वाञ्चल, १३ पुष २०७६, आईतवार २०:०१

जनकपुर / शीतलहरका कारण तराई मधेशको जनजीवन प्रभावित बनेको छ । प्रदेश २ मा पर्ने मधेसका जिल्लामा शीतलहरले जनजीवन प्रभावित भएको छ ।

शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ । शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारी साधन चलाउन कठिन भएको छ ।

शीतलहरले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको हो।

शीतलहर सुरु भएपछि कसरी जोगिने भन्ने चिन्ता छ । सप्तरी सुरुङ्गा नगरपालिकाका कमलादेवी यादव आफ्नो भन्दा पनि छोराछोरी बिरामी पर्नेे पीर छ । जनकपुरका हरिजन रामलाई सरकारले शितलहरबाट जोगाउन गतवर्ष कपडा दिएको थियो । यस वर्ष न कपडा छ न बस्नलाई घर ।

कपडा र दाउरा बाँडेर मात्रै शितलहरबाट जोगिन नसकिने प्रभावित बताउँछन् । केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले झन्डै एक महिना अघि शितलहरसहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणका विशेष कार्ययोजना बनाउन प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको थियो । त्यहि निर्देशन अनुसार सिरहाको अर्नामा गाउँपालिकाका अध्यक्ष ठकु महतोले कार्ययोजना बनाएर काम सुरु गरिएको बताए । उनले कार्ययोजना अनुसार अहिलेसम्म कम्मबल बाँड्ने काम भइरहेको र दाउरा बाँड्ने काम पनि भइरहेको बताए ।

सर्लाही कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादवका अनुसार कार्ययोजना अन्तर्गत वन कार्यालय सँग समन्वय गरेर दाउरा बाडिएको र कम्बल पनि बाँडिएको छ । शीतलहरले बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढि प्रभावित भएका छन् । प्रदेश भरिका नागरिकलाई शीतलहरबाट जोगाउनका लागि २ नम्बर प्रदेशले आवश्यक निर्देशन दिएको दावी गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सम्बन्धीत सबै मन्त्रालय र गैर सरकारी संस्थासँग छलफल गरेर कार्ययोजना बनाएर निर्देशन जारी गरिएको बताए । उनले कार्ययोजना अनुसार सबै स्थानीय सरकारलाई आफ्नो स्थानमा भएका गतिविधिको बारेमा हरेक दिन जानकारी गराउन भनिएको र कुनै अप्ठ्यारो परे तत्काल प्रहरी वा प्रदेश सरकारलाई उद्दारका लागि खबर गर्न पनि भनिएको उनले बताए । कम्बल बाँड्ने, दाउरा बाँड्ने, रेडक्रस, स्काउट लगायतका संस्थालाई पनि शीतलहरबाट राहत पु¥याउने काममा खटिन पनि आग्रह गरिएको उनले बताए ।

शीतलहर र चिसोको समस्याबाट जोगिन, बिहान बेलुका घर बाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान चिकित्सकहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५