RUMPUM
animated ellipse animated ellipse

मुलुकमा सुशासन कायम गर्न आवश्यक पर्ने कानून निर्माणमा सवै प्रदेशको अनुभव उपयोगी हुने – मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७६, शनिबार २१:२०
3
Shares

विराटनगर / कानून निर्माण एवं सुरक्षा सुदृढ गर्नु सवै प्रदेशवीच समन्वय जरुरी रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

आज विराटनगरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको कानून र सुरक्षा सम्वन्धी अन्तरप्रदेश अनुभव आदान प्रदान कार्यक्रममा मन्त्री कार्कीले मुलुकमा सुशासन कायम गर्न आवश्यक पर्ने कानून निर्माणमा सवै प्रदेशको अनुभव उपयोगी हुने बताए ।

विगत २२ महिनाको प्रदेश सरकारले हासिल गरेको उपलव्धि सवै प्रदेशलाई सहयोग पुग्ने बताउम्दै मन्त्री कार्कीे राष्ट्रिय ,अन्तर्राष्ट्रिय क्षेत्रवाट सुरक्षाको क्षेत्रमा हासिल गरेको उपलव्धी जनतालाई अनुभूति गराउन एक अर्कामा अनुभव आदान प्रदान गरानु पर्ने जोड दिए ।
मन्त्री कार्कीेले प्रदेशका ११ लाख घरधुरीलाई प्रहरी स्टिकर टाँस्ने,जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरीलाई पोशाक परिवर्तन कक्षको निर्माण , सुरक्षा निकायकाृ ५१ वटा संरचना निर्माण आदि गरी जनता समक्ष सुरक्षाको पहुंच पु¥याएको बताए ।
जनताको विकास निर्माणको परिकल्पनालाई साकार पार्न प्रदेश योजना आयोगले आवधिक योजना सार्वजनिक गरेको जानकारी दिदै मन्त्री कार्कीले प्रदेश वलियो भयो भने समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पूर्ण हुन विश्वास समेत जनाए ।

संविधानले व्यवस्था गरे अनुसार प्रदेशले हासिल गरेको विकासको उपलव्धि,, सुरक्षा , कानून निर्माणमा अनुभव आदानप्रदानवाट सुरक्षा, , पछौटेपन र गरीवी निवारणमा सफलता हासिल हुने मन्त्री कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर