RUMPUM
animated ellipse animated ellipse

‘विज्ञापन नै मिडिया हो’ : अध्यक्ष रिजाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७६, मंगलवार २०:४१
3
Shares

इटहरी / नेपाल विज्ञापन संघका केन्द्रीय अध्यक्ष शशि रिजालले विज्ञापन नै मिडिया रहेको औल्याएँका छन् ।

नेपाल विज्ञापन संघ प्रदेश १ ले आज इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यसो भनेका हुन् । ‘न्यूज मात्र मिडिया हैन, विज्ञापन नै मिडिया हो,’ उनले भने, ‘विज्ञापन भएन भने मिडिया चल्नका लागि गाह्रो छ ।’ उनले अहिले सरकारले विदेशी विज्ञापनमा रोक लगाएको सकारात्मक रहेको तर्क गर्दै मिडिया हाउस संस्थागत हुनुपर्ने बताए । भने, ‘मिडिया हाउस संस्थागत हुन जरुरी रहेको छ । विज्ञापन संघले व्यक्तिलाई सम्बोधन गर्दैन, संस्थालाई सम्बोधन गर्छ । त्यसैले तपाईँहरु संस्थागत हुन आवश्यक छ ।’ उनले मिडिया हाउस संस्थागत भएको खण्डमा आँफूहरु सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा विज्ञापन संघ प्रदेश १ का संयोजक पवन अधिकारीले विज्ञापनले मिडिया हाउस सञ्चालन हुने र व्यवसायलाई फाईदा हुने भएकाले यसलाई सहयोगको रुपमा मात्र नभई व्यवसायको रुपमा बुझ्नका लागि अपिल गरे । अधिकारीले भने, ‘संस्थागत हिसाबमा बसेर काम गर्दा सबैका लागि उपयुक्त हुन्छ । विज्ञापन सहयोग हैन, व्यवसाय हो ।’

कार्यक्रममा प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरीले विज्ञापनका कारण समाचारमा कठीन हुने भएकाले यसको बिषयमा गम्भीर हुन आग्रह गरे । उनले भने, ‘एउटा विज्ञापन हाउसले विज्ञापन दिएकै भरमा समाचार रोक्नुपर्ने स्थितिको अन्त्यका लागि विज्ञापन संघले कदम चालोस् ।’ कार्यक्रममा विज्ञापन संघ प्रदेश १ को सह–संयोजक र सचिव पनि तोकिएको थियो । सह–संयोजकमा झलक केसी चयन भए भने सचिवमा धरानका मात्रिका प्रसाद नेपाल चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर