पूर्वाञ्चल खबर
सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस १० गते सार्वजनिक निकायहरुमा विदा गर्ने निर्णय गरेको जनाएको छ । आज बसेको प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।