स्पार्क नेचुरोपेथीको वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर

खबर पूर्वाञ्चल, ७ पुष २०७६, सोमबार १९:०१

विराटनगर /विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलको चौथो वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पताल परिसरमा पुस ९ र १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको हो ।

काठमाण्डौंबाट विशेषज्ञ चिकित्सक टोली ल्याएर स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम पनि आयोजना गरिने अस्पतालका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए । शिविरमा कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, वाथ, युरिक एसिड बढी भएको प्यारालाइसिस तथा अन्य हाडजोर्नी र नसा रोग सम्बन्धी सेवाहरू संचालन हुने बताइएको छ ।

काठमाण्डौंबाट आउने प्राकृतिक चिकित्सक डा. सुनिलकुमार पौडेलको नेतृत्वमा आएको तीन जना टोलीले शिविरमा स्वास्थ्य सेवा प्रदान गरिने अध्यक्ष अधिकारीले बताए । काठमाण्डौंबाट आएका डा. पौडेलको नेतृत्वमा आएको टोलीसहित २० जना विशेयज्ञ चकित्सकले शिविरमा सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ ।

दुई दिनसम्म संचालन हुने शिविरमा २ सय ५० भन्दा बढीले स्वास्थ्य लाभ लिने हस्पिटलले अपेक्षा राखेको छ । अस्पताल परिसरमा आयोजना गरिने खुल्ला रक्तदानमा १ सय भन्दा बढीले रक्तदान गरिने भएको छ ।

पुस १० गते हुने वार्षिक उत्सवमा अस्पतालले वर्षभरीको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गर्ने भएको छ । यस अस्पतालबाट दैनिक ६० देखि ७० जनाले सेवा लिने गरेको अस्पतालका अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार देशभरीमा १४ वटा अस्पतालको शाखा रहेको बताए । काठमाण्डौबाट मात्र ४ वटा रहेको छ । वार्षिक १४ हजार विरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिने गरेका छन् । यस अस्पतालमा बिना अप्रेशन साइड इफेक्ट नहुने प्रविधिद्धार गर्धन, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, मुख बाङ्गिएकोलागयतको उपचार हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५