AArya
animated ellipse animated ellipse

न्यौपानेप्रति जनलहर बढेपछि ज्वाई कांग्रेसी मतदातालाई फकाउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७९, बुधबार १७:३२
1.85k
Shares
विराटनगर / मोरङको क्षेत्र नं. ६ (क) की नेकपा (एमाले)की प्रदेशसभा सदस्य उम्मेदवार रीता न्यौपानेप्रति जनलहर बढ्दै गएको छ । मतदाता पहुँचको राजनीति गर्नेभन्दा स्थानीय ठाउँमा रहेर काम गर्ने र राजनीति गर्ने उम्मेदवारलाई जिताउन चाहन्छ ।

एमालेकी उम्मेदवार बुढीगंगा गाउँपालिकाकी स्थानीयबासी र लामो समयदेखि सोही क्षेत्रमा सामाजिक, राजनीतिक तथा व्यावसायिक शिक्षाका क्षेत्रमा काम गर्दै आएकाले पनि उनीप्रतिको जनलहर बढेको बुढीगंगा कांग्रेसका एक युवा नेताले बताए । ‘महिला मात्र हैन्, उहाँसँग क्षमता छ, काम गर्ने इच्छाशक्ति छ’, उनले भने, ‘भूगोलको राजनीति गर्नुभएको छ, स्थानीयको समस्या बुझ्नुभएको छ, त्यसले उहाँलाई चुनाव जित्न सहज छ ।’

पहुँचको भरमा राजनीति गरेको व्यक्तिले जनताको समस्या नबुझ्ने उनको भनाइ छ । ‘पहिला एमाले माओवादी गठबन्धन हुँदा अहिले सत्ता गठठबन्धनबाट उम्मेदवार बनेका जिवन आचार्यले चुनाव हार्नुभएको हो, अहिले पनि उहाँप्रति मतदाताको उत्साह छैन्, उनले भने । आफ्नो पार्टीको उम्मेदवार नहुँदा मतदाताले व्यक्ति रोजेर भोट हाल्ने र अहिले पार्टीले भनेको मान्नुपर्ने अवस्था नभएको पनि उनले बताए । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका कान्छा ज्वाइ हुन् ।

आचार्यभन्दा न्यौपाने सबै हिसाबले योग्य उम्मेदवार भएका कारण क्षेत्र न.ंं ६ (क) का मतदाताले न्यौपानेलाई जिताउने उनको विश्वास छ । प्रतिनिधिसभा सदस्यमा कसले जित्छ यसै भन्न सक्ने अवस्था नभएको पनि न्यौपानेले जित्नेमा भने उनी ढुक्क छन् ।

क्षेत्र नं. ६ को प्रतिनिधिसभामा एमालेका लालबाबु पण्डित र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् । प्रदेशसभा (ख) मा एमालेका पर्शुराम बस्नेत र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केदार कार्की प्रतिस्पर्धामा छन् ।

पहुँचको भरमा उम्मेदवार बनेका आचार्य कांग्रेसी मतदातालाई फकाउन आफूले नेविसंघदेखि राजनीति गर्दै आएको बताउन थालेका छन् । उनले आफूलाई माओवादीमात्र नबुझिदिन आग्रह गर्दै नेविसंघको दिएको योगदानलाई सम्झेर भोट दिन मतदातामाझ आग्रह गर्न थालेका छन् । आचार्यले हरेक चुनावी कार्यक्रममा आफू नेविसंघदेखि राजनीति गर्दै आएको बताइरहेका छन् ।

२०७४ सालको निर्वाचनमा आचार्य नेपाली कांग्रेसका उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए । तबदारले २३ हजार ५१३ मत ल्याउँदा आचार्यले २१ हजार ४७० मत ल्याएका थिए ।

यो क्षेत्रको प्रदेशसभा स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । यो निर्वाचन क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर