AArya
RUMPUM
animated ellipse animated ellipse

ईडेन स्कूलको २८ औं स्थापना दिवश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७६, बुधबार १७:५४
3
Shares

विराटनगर /विराटनगर–०३ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कूलले आफ्नो २८ औं स्थापना दिवश विविध कार्यक्रम गरेर मनाएको छ ।

कार्यक्रममा कक्षा पिजीदेखि कक्षा तीन सम्मका विद्यार्थीहरुले उद्घोषण गर्नुका साथै नृत्य, गायन, कविता बाचनमा सहभागी भएका थिए । विद्यालय प्रशासनले पुराना प्रिफेक्टलाई विदाइ गरि नयाँ नेतृत्व चयन गरेको छ ।
कक्षा दशसम्म सञ्चालनमा रहेको उक्त स्कूलले गत बर्ष देखि मन्टेश्वरी पद्दतीबाट शिक्षण सिकाई गराउदै आएको छ । प्रत्येक बर्ष एस.इ.इ परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउदै आएको स्कूलमा ८ सय ६४ जना विद्यार्थी अध्ययन गर्दैछन् ।

विद्यालयका प्रिन्सिपल सिएम बस्नेतले शिक्षा क्षेत्रको अराजकताको विरोध गर्दै इडेन स्कूल “सिक्ने स्कूल” का रुपमा विकाश हुँदै गरेको कुरालाई जोड दिदै विद्यार्थीलाई घोकन्ते विद्याबाट परै राखेर गरिखाने शिक्षामा जोड दिने कुरा व्यक्त गरे । प्रभाबकारी सिकाईका लागि जतिसुकै लगानी गर्नुपरे पनि गर्ने र इडेन स्कूल एक नमुना विद्यालय बनाउने विद्यालयका संस्थापक अध्यक्ष तुलसीप्रसाद पोखरेलले बताए । २०४८ सालमा स्थापित ईडेन स्कूल राष्ट्रकै एक उत्कृष्ट स्कूलका रुपमा परिचित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर