AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको ११ वटा स्थानिय तहमा एक वर्षमा ६० वटा हिंसाको घटना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७६, मंगलवार २०:०६
9
Shares
विराटनग/ मोरङको ११ वटा स्थानिय तहमा एक वर्षको अवधिमा ६० वटा हिंसाको घटना भएको पाइएको छ ।

ओरेक नेपालले सार्वजनिक गरेको अभिलेख अनुसार सबैभन्दा बढी घरेलु हिंसाको घटना बढी रहेको पाइएको हो ।

सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा घटेको हिंसाको घटना आज ओरेक नेपाल मोरङले सार्वजनिक गरेको थियो । ओरेकले सार्वजनिक गरेको अभिलेख अनुसार मानव बेचबिखन तथा ओसार पसार १२ वटा, जवरजस्ती करण १२, बाल प्रेम विवाह ४, अलपत्र बेसहार ६, यौन हिंसा ५, सामाजिक हिंसा ३, सामुहिक जवरजस्ती करणीको प्रयास १ र लुटपाटको घटना १ वटा रहेको छ ।

आरेकको सुरक्षा आवस गृहबाट ६४ जनाले लाभ लिएको ओरेक मोरङका प्रमुख दिपक सेन्चुरीले जानकारी दिए । ओरेक मोरङको कार्यक्षेत्रहरू विराटनगर महानगरपालिका, सुन्दरहरैचा, बेलबारी, लेटाङ्ग, उर्लाबारी, पथरी शनिश्चरे, रतुवमाई, रङ्गेली, सुनवर्षी नगरपालिका रहेको छ । यस्तै केराबारी र कानेपोखरी गाउँपालिका पनि रहेको छ । मोरङमा १ महानगरपालिका सहित ८ नपा र ८ गापा रहेको छ । यी मध्ये ११ वटा स्थानिय तहमा ओरेको कार्यक्षेत्र हो ।

आरेकले विभिन्न सचेतना अभियानको कार्यक्रम पनि संचालन गरेको प्रमुख सेन्चुरीले बताए । केराबारी, कानेपोखरी, सुन्दरहरैचा र सुनवर्षीमा लैगिंक समानता नीति निर्माण सम्वन्धि कार्यशाला आयोजना गरिएको बताए । हिंसा प्रभावितहरुलाई कानुनी तथा औषधी उपचारहरुमा पनि सहयोग गरेको ओरेकले जनाएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले अझै पनि घरभित्रको हिंसाको घटना बाहिर नआएको बताए । सचेतनाको कमीले घरेलु हिंसाको घटनामा वृद्धि आएको उनले बताए । पछिल्लो समय बालप्रेम विवाह बढेको उनले बताए । ‘परिवारबाट हुने बाल विवाह रोकिन सकिन्छ,’ उनले भने, ‘बाल प्रेम विवाह रोक्न सकिदैन । आज छुटाइन्छ । भोली उनीहरू भागिहाल्ने समस्या समाजमा रहेको छ ।’ बाल विवाह रोक्न जागरण अभियान संचालन गरिनुपर्नेमा उनले जोड दिए । ओरेकले सार्वजनिक गरेको प्रगति कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारी, मोरङ अदालतका श्रेस्तेदार इश्वरमणि ओझा, विभिन्न स्थानिय तहका उपप्रमुखलगायतको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर