खबर पूर्वाञ्चल
आज विराटनगरमा संयुक्त टे«ड युनियन समन्वय केन्द्रले विराटनगरमा आयोजना गरेको प्रदेश स्तरमा श्रम सम्बन्धी नीतिगत विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले श्रम ऐनको मस्यौदा तयारी भइरहेकोले प्रदेश सरकारले बनाउने श्रम ऐन श्रमिक मैत्री हुने बताएका हुन् ।
सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन कार्यन्वयनमा सबै क्षेत्र लाग्नुपर्ने मन्त्री घिमिरेले बताए । ‘यसको लागि दलका नेतालगायतका विभिन्न क्षेत्रको व्यक्तीहरूसँग अन्तरक्रिया कार्यक्रम चलाउनु पर्दछ,’ मन्त्री घिमिरले भने, ‘सामाजिक सुरक्षा ऐन कार्यन्वयनमा सबैले संकल्प गरेर अगाडी बढौं । यसको नेतृत्व टे«ड यूनियनले गर्नुपर्नेछ ।’ रोजगारको बातवरण सृजना नभएको भन्दै तीन जिल्लाहरुबाट मात्र २१ हजार युवा विदेश पलायन भएको जानकारी दिदै मन्त्री घिमिरेले प्रदेश सरकारले रोजगारको बातवरण सृजना गर्ने बताए । उनले दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले रोजगारमुखी तालिमको व्यवस्था सुरु गर्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लिलाबल्भ अधिकारीले प्रदेश सरकारले श्रम मैत्री कानुन निमार्ण गरि लगानिको वातवरण सृजना गरिने बताए । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघका कार्यभाग अध्यक्ष जगत सिंखडाले न्युन संख्यामा उद्योग प्रतिष्ठानहरु सामाजिक सुरक्षा ऐनमा सूचिकरण भएको बताए । सामाजिक सुरक्षा ऐन लागू नगर्ने उद्योगलाई राज्यले कारबाहीको दायरमा ल्यानुपर्ने उनले बताए ।
मजदुर अखिल नेपाल टे«ड युनिय महासंघको केन्द्रीय उप महासचिब तथा प्रदेश १ को इन्चार्ज भुपाल सापकोटाले राज्यद्धारा संचालित कार्यालयहरूमा श्रम शोषण हुने गरेको बताए । टेलिकम, विद्युतजस्ता कार्यालयमा कार्यरत सुरक्षा गार्डमा श्रम शोषण हुने गरेको उनले बताए । ‘अहिले पनि यी कार्यालयमा मासिक ८ देखि १० हजार रुपैयाँमा श्रम गर्दै आएका छन्,’ उनले भने । यस्तै नेपाल टे«ड युनियन काँग्रेस प्रदेश १ का अध्यक्ष नारयण बावु कार्की, कार्यक्रममा जिफन्ट १ नम्बर प्रदेशका अध्यक्ष किशोर धमला, अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश १ को उपाध्यक्ष उपेन्द्र रायलगायले श्रमको सम्मान बिना देश समृद्धि नहुने भएकोले सामाजिक सुरक्षा ऐन कार्यन्वयमा लैजानुपर्नेमा जोड दिए ।