AArya
RUMPUM
animated ellipse animated ellipse

आफुले गरेको कामकारवाहीमा सरकार गम्भीर हुनु पर्छ –नेता नेपाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७६, शनिबार १६:४१
3
Shares

विराटगनर / सरकारको कामकारवाहीमा सुधार गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै नेता नेपालले जनताले सरकारको कामकारवाहीका बिषयमा उठाएका प्रश्नहरुको बिषयमा सरकार गम्भीर हुनु पर्ने बताए । नेता नेपालले आत्मतुष्टिमा रमाउनुको साटो उठेका गुनासा र आलोचनाहरुलाई समाधान गर्दै जानुपर्ने बताए ।

पार्टीको लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको नेता नेपालले बताए । उनले पार्टीले विगतमा जितेको केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी , उम्मेदवारको चयन लगाएत मात्र रहेको प्रष्ट पारे ।

‘जनताको गुनासो सुन्नु , पारदर्शीता अपनाउनु , पार्टी सुदृढीकरण, सुशासन कायम गर्नु पर्ने ’ जस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने नेता नेपालले बताए ।

पार्टीभित्र एक व्यक्ति एक पद अनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगलहुनुले सरकार सञ्चालन र पार्टी संगठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने नेता नेपालले बताए ।

नेता नेपालले कालापानी र लिपुलेक सम्वन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई वुझाई सकिएको जानकारी दिदै अव सरकारीस्तरमा वार्ता भै समस्याको समाधान हुने बताए ।

नेता नेपालले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुले दुई देश वीच विवाद सिर्जना गर्नु मात्र हुनेछ भन्दै यो समस्यालाई छलफल र वार्तावाट समाधान गर्नुपर्नेमा जोड दिए ।

नेता नेपालले आफूलाई सीमा विवाद सम्वन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र हो भन्दै यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर