RUMPUM
animated ellipse animated ellipse

प्राध्यापकको विषयलाई लिएर महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीबीच विवाद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ मंसिर २०७६, मंगलवार २०:२४
45
Shares
विराटनगर / देशकै अग्रणी प्राज्ञिक थलो महेन्द्र मोरङ क्याम्पसमा १ प्राध्यापकको विषयलाई लिएर विद्यार्थीबीच विवाद सिर्जना भएको छ ।

मादक पदार्थ सेवन गरेको समयमा पान पसल पुगेका प्राध्यापकले पान ढिलो दिएको झोंकमा पसल तोडफोड गरेपछि प्रहरीले उनलाई गत शनिबार पक्राउ गरेको थियो । प्राध्यापकजस्तो व्यक्तिले तल्लो स्तरको हर्कत गरेको भन्दै कतिपय विद्यार्थीले उनलाई क्याम्पसबाट निष्काशनको माग गरेका थिए भने कतिपयले बाहिरको कुरा क्याम्पसमा ल्याउन नहुने बताएपछि दुईपक्षबीच विवाद सिर्जना भएको हो । मंगलबारको पठन–पाठन सोही विवादका कारण स्थगित समेत भयो ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरका बिबिए कार्यक्रम प्रमुख उद्गम मिश्रलाई गत शनिबार विराटनगर ट्राफिक चोकस्थित पान पासलमा तोडफोड गरेको भन्दै प्रहरीले पक्राउ ग¥यो । मिश्रले पान ढिलो दिएको भन्दै पसलमा रहेको बाल्टीकोपानी पसलमा पोखेर सिसामा खाली बाल्डी बजारेका थिए । फुटाएको सिसा बनाउने शर्तमा सहमति पछि उनलाई प्रहरीले छोड्यो । तर, त्यही विषयलाई लिएर महेन्द्र मोरङ क्याम्पसमा भने विवाद समाधान हुन सकेको छैन । प्राध्यापक मिश्रलाई निकाल्न दबाब दिँदै केही विद्यार्थी दिनहुँ भेला भएर क्याम्पस प्रमुखलाई दबाब दिन्छन् भने केही विद्यार्थी मिश्रलाई निकाल्न नहुने भन्दै बाहिरको विषय त्यहाँ ल्याउन नहुने बताउँछन् ।

पक्राउ परेको दिनदेखि मिश्र क्याम्पसमा विदा लिएर घर बसेका छन् । मंगलबार पनि मिश्र क्याम्पस नआएपछि प्रशासनले क्याम्पसका प्राध्यापक ताराप्रसाद यादवलाई बिबिए कार्यक्रमको रेखदेख गर्न जिम्मा दियो । त्यसपछि मिश्रलाई नै ल्याउनु पर्ने माग गर्ने विद्यार्थीहरुले यादव आएको विषयमा विरोध जनाए । त्यसपछि विवाद सिर्जना भयो । आफू केही दिनको लागि मात्रै आएको यादवको भनाइ छ ।

विवादकै बीच मंगलबार विद्यार्थीबीच हातहालाहाल समेत भएको थियो । उक्त भिडियो खिच्न पुगेका हिमशिखर टेलिभिजनका पत्रकार राकेश कर्णमाथि पनि केही विद्यार्थीले आक्रमणको प्रयास गरे । भिडियो नखिच्न भन्दै विद्यार्थी प्रज्ज्वल खतिवढाले आक्रमणको प्रयास गरेका थिए । उनले खिचेको भिडियो डिलिट गर्न भन्दै मोबाइल खोसेर लगेका थिए । केही समययता महेन्द्र मोरङ क्याम्पसमा मात्रै आधा दर्जन बन्द र तोडफोडका घटना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर