AArya
RUMPUM
animated ellipse animated ellipse

भुटानलाई पराजित गर्दै नेपालले जित्यो स्वर्ण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ मंसिर २०७६, मंगलवार १८:०४
3
Shares
काठमाण्डौं / भुटानलाई पराजित गर्दै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा भुटानलाई २–१ गोल पराजित गर्दै चौथो पटक स्वर्ण जितेको हो । योसँगै नेपालले पाकिस्तानले जितेको चार पटकको रेकर्ड पनि बराबरी गरेको छ । स्वर्ण जितेपछि दशरथ रंगशालामा दर्शकहरुले खेलाडीहरुको उठेर सम्मान व्यक्त गरेका थिए ।

नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोर गरे भने भुटानका चेन्चो ग्याल्सेनले गोल गरे । खेलको १७ औं मिनेटमा नेपालले रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २–१ को जितसँगै स्वर्ण जितेको छ ।
नेपालले सन् १९९८ मा भएको सागमा जितेको ३१ स्वर्णको रेकर्ड तोड्दै ५१ वटा स्वर्ण जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर