AArya
RUMPUM
animated ellipse animated ellipse

मुुख्यदल विच राजनितिक सहमती आवश्यक – उपसभापति गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७६, सोमबार १७:४२
3
Shares

विराटनगर / नेपाली कांग्रेसका उपसभापति विजयकुुमार गच्छदारले मुुख्यदल विच सहमती आवश्यक रहेको वताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उनले नेकपालाई पाँच वर्षका लागी सरकार संचालन गर्ने म्यान्डेड जनताले दिएकाले सहमती कायम गर्ने जिम्मेवारी ठुुलो दलको भएको वताए । संविधान र संघियताको सफल कार्यान्वयकालागि पनि सहमती आवश्यक रहेको उपसभापति गच्छदारले वताए । संविधानको भावना विपरित सरकार चल्न खोजेकाले पनि मुुख्य दल विच सहमती कायम हुुन नसकेको उपसभापति गच्छदारको भनाई थियो ।

नेपाली कांग्रेस पनि सहमतीको राजनितिलाई अघि वढाउन चाहेको भन्दै उपसभापती गच्छदारले राजनितिक मुुठभेडले मुुलुुकको हित नहुुने भन्दै सहमतीको विकल्प नभएको बताए ।

भर्खरै सम्पन्न उप निर्वाचनमा कांग्रेसको जित भएको उनको दावी थियो । कहिले नजितेको धरान उपमहानगरपालिकाको जित कांग्रेसका लागी ऐतिहासिक भएको भन्दै गएको उपचुुनावमा नेकपाको पपुलर भोट घटेको दावी उनको थियो । उपसभापति गच्छदारले उपनिर्वाचनमा जे जस्तो यो परिणामलाई कांग्रेस र नेकपा दुुवैपार्टीले सामान्य रुपमा लिनुुपर्ने वताए ।
उपसभापति गच्छदारले कांग्रेसको महाधिवेशनको मिति एकवर्र्ष थप हुुन सक्ने वताए । पार्टीको विधानमा भएको व्यवस्था अनुुसार एक वर्षको म्याद थप गर्न सकिने भएकाले नेपाली कांग्रेसका महाधिवेशनको मिति एक वर्ष थप हुुने उनको भनाई थियो । उपसभापति गच्छदारले एकवर्ष म्याद थप भए आगामी २०७७ फागुुन मसान्त भित्रसम्म महाधिवेशन सम्पन्न हुुने उनले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर