AArya
RUMPUM
animated ellipse animated ellipse

आरोहणको काव्यारोहणमा तुलसी दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७६, शनिबार १९:४०
3
Shares

विराटनगर / आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहणको दोस्रो शृंखलामा वरिष्ठ कवि तुलसी दिवस उपस्थित हुने भएका छन् ।

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहणमा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भइसकेका छन् । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए ।

हाटखोलास्थित गुरुकुलको सुशीला कोइराला नाटकघरमा कार्यक्रम हुनेछ ।
कार्यक्रममा दिवसले करिब एक दर्जन कविता सुनाउँनेछन् । सशुल्क हुने कार्यक्रममा विराटनगरसहित झापा, सुनसरी, इलाम, पाँचथर, धनकुटालगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति हुने अर्का संयोजक रमेशचन्द्र अधिकारीको भनाइ छ । कवि सुनाउनकै लागि आधा विश्वभन्दा बढी घुमिसकेका दिवस संस्कृतिविद्समेत हुन् । उनको कविता वाचनशैली र आवाजलाई धेरैले मन पराउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर