AArya
RUMPUM
animated ellipse animated ellipse

मेयर पराजुलीसगँ मेरो मतभेद छैन – उपमेयर कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७६, शनिबार १९:३३
3
Shares

विराटनगर / विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्कीले मेयर भीम पराजुलीसगँ आफ्नो कुनै मनमुटाव नरहेको प्रष्ट पारेकी छिन् ।

उपमेयर कार्कीले बजारमा प्रचार गरिए जस्तो मेयर पराजुलीसँग आफ्नो मनमुटाव नभएको बताउदै समुन्नत महानगर निर्माणमा र विकासको कार्यक्रममा सगै रहेको बताईन् ।

“विकास निर्माणका केही काममा मेरो असन्तुष्टि हो,“ उपमेयर कार्कीले बताईन,“ जनताका अपेक्षा धेरै भएकोले विकासको गति तिब्र हुनुपर्छ भन्ने मेरो भनाइ हो ।, यो सवै विराटनगर बासिन्दाको समेत भनाइ हो । अब यसैलाई मतभेद भनेर प्रचार गर्नु त भएन नि । “

“मेयर युवा हुनुहुन्छ , लगनशील हुनुहुन्छ । समुन्नत महानगर निर्माणका लागि चिन्तित समेत हुनुहुन्छ । यसै बिषयमा हाम्रो छलफल हुन्छ , बिबाद हुन्छ । तर, निश्कर्ष महानगर बन्नुपर्छ भन्ने नै हुन्छ ।“

उपमेयर कार्कीले जनताको अपेक्षा अनुरुप जनप्रतिनिधि खरो उत्रन नसकेको स्विकार्दै कामै नभएको भनेर आरोप नलगाउन आग्रह गरिन । काम भएका छन तर, कानुनी झमेला , अनुभवको कमि र सम्बन्धित सरोकार पक्षसँग सहकार्यको अभावका कारण केही ढिलाइ भएको कार्कीले स्विकार्दै अबको ६ महिनामा विराटनगरले पूर्ण विकासको अनुभव गर्ने बताईन् ।

अनुगमन समितिको संयोजक समेत रहेकी कार्कीले अनुगमन प्रभावकारी नभएको गुनासो बढ्दै गएकोमा छिट्टै समितिले उपभोक्ता र सरोकारवाला पक्ष दुवैले अनुभव गर्ने गरि काम अघि बढाउन लागिपर्ने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर