RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्यमा सुधार आएपनि प्रधानमन्त्री ओली अझैं केहिदिन अस्पतालमै रहने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७६, बुधबार १९:११
3
Shares
फाइल तस्वीर

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओली अझैं केहिदिन अस्पतालमै रहने भएको छ । उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएपनि अस्पतालले मेडिकल अब्जरभेसनका लागि अझैं केहिदिन अस्पतालमै रहन सुझाव दिएको छ ।

स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्जको तयारी भइरहेको चर्चा चले पनि प्रधानमन्त्री ओली अझै एक दुई दिन अस्पतालमै बस्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री आलीको गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आज एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री ओलीलाई मेडिकल अब्जरवेसनमा राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर