RUMPUM
animated ellipse animated ellipse

उपनिर्वाचनमा नेकपा ३०, काँग्रेस १३ स्थानमा विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७६, सोमबार १९:२६
3
Shares
विराटनगर / तीनदिन अघि मंसिर १४ गते ५२ पदका लागि भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन,गाउँपालिका उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ । नेकपाका उम्मेदवार ३०, कांग्रेस उम्मेदवार १३, समाजवादी पार्टीका उम्मेदवार चार, राजपा उम्मेदवार तीन, राष्ट्रिय जनमोर्चाका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेकपाले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र २४ वडाअध्यक्ष जितेको छ । प्रतिनिधिसभाको कास्की क्षेत्र नं २ मा नेकपाका उम्मेदवार विद्या भट्टराई २४ हजार तीनसय ९४ मत ल्याएर विजयी भएकी छिन् । प्रदेशसभाको दाङ क्षेत्र नम्बर तीन (ख) मा नेकपा उम्मेदवार विमलाकुमारी खत्री २४ हजार दुइ सय ८६ मत ल्याएर विजयी भएकी छिन् । तीन गाउँपालिका अध्यक्ष संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरामा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । नेकपाले विभिन्न पालिकाका २४ वडाध्यक्ष जितेको छ । काँग्रेसले प्रदेशसभा सदस्य एक, उपहानगरपालिकाको प्रमुख एक र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेको छ ।

प्रदेशसभा अन्तर्गत भक्तपुर एक (क) मा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार चार सय ४९ मत ल्याएर विजयी भए । धरान उपमहानगरपालिका प्रमुखका काँग्रेस उम्मेदवार तिलक राई २६ हजार सात सय नौ मत ल्याएर विजयी भए । कांग्रेसले विभिन्न ११ पालिकाका वडाध्यक्ष पनि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर