पूर्वाञ्चल खबर
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटि गाँउपालिका, धनकुटाको संयूक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविरमा हस्पिटलका सम्पूर्ण पदाधिकारीहरुको अगाडि गाँउवासिले शिर झुकाएर सम्मान व्यक्त गरको छन् । पहिलो संविधान सभाका सभासद टिकाराम चेम्जुङले धनकुटा जिल्लामा न्यूरो हस्प्टिलको विरामीहरु प्रतिको योगदानको बहु चर्चा गरे । बर्षौदेखि धनकुटा जिल्लाका अधिकांश विरामीहरुलाई न्यूरो हस्पिटलको वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टको चिकित्सकिय टोलीले नयाँ जिवन दिँदै आएको प्रति खुशि व्यक्त गरे । उनले भगवानको दोश्रो रुप नै चिकित्सकहरु भएको बताए ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेलेसमेत शिविरको अवलोकन गरे । उनले धनकुटा जिल्लामा यस्तो शिविर ल्याएकोमा न्यूरो हस्पिटल परिवारलाई धन्यवाद व्यक्त गरे ।
न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय ६१ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटि गाँउपालिकाले जनाएको छ ।