RUMPUM
animated ellipse animated ellipse

धनपालथान २ मा करिव ८१ प्रतिशत मतदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७६, शनिबार १९:३१
3
Shares

विराटनगर / मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षका लागि आज भएको मतदान शान्तिपूर्वक सम्पन्न भएको छ । विहान ७ बजे सुरु भएको मतदान वेलुका ५ बजे सकिंदा करीव ८१ प्रतिशत मत खसेको हो ।

दुईवटा मतदान स्थल रहेको धनपालथान २ मा पाँचवटा मददान केन्द्र थिए । ती केन्द्रमा जम्मा ४ हजार ७४ मतदाता कायम रहेकोमा ३ हजार २ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए । यो कुल मतदाताको ८० दशमलव ६० प्रतिशत हो ।

वडा अध्यक्षको निर्वाचनको लागि धनपालथान गापाको २ नम्बर वडा कार्यालय र सोही स्थानमा रहेको जनता माध्यमिक विद्यालयमा मतदान स्थल बनाएको थियो । सर्वदलिय बैठकपछि आजै रातीदेखि धनपालथान गापाको कार्यालयमा मत गणना हुने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।

गत बुधबार भएको मनोनयन दर्तामा ६ जनाले वडा अध्यक्षको लागि उम्मेदावरी दर्ता गराएका थिए । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट पंकज मण्डले उम्मेदवारी दिएका छन् भने नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेको छ । कांग्रेसले नारायणप्रसाद साहलाई उम्मेदवारी बनाएको छ । समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको हो ।

यसअघि तत्कालीन एमालेबाट निर्वाचित वडाअध्यक्ष बलिराम भगतको सर्पले डसेर २०७५ जेठ २४ गते मृत्युको भएपछि धनपालथानमा वडाअध्यक्ष पद खाली थियो । यहाँ नेकपा र काग्रेस बिच कडा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर